दाङका युवकको स्याङ्जामा हत्या

दाङका युवकको स्याङ्जामा हत्या


  • 3.6K
    SHARES
    • बैशाख १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.5K Views

    दाङका युवकको स्याङ्जामा हत्या

    स्याङ्जा, १७ वैशाख/ स्याङ्जामा चक्कु प्रहार गरी गएराति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो । 

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् । घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको हो । 

    चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताउनुभयो ।


    तेस्रो आँखा