काठमाडौं, १९ माघ । कतारमा हुने विश्वकप छनोटमा ब्राजिलले पाराग्वेविरुद्ध फराकिलो जित निकालेको छ।
दक्षिण अमेरिका अन्तर्गतको विश्वकप फुटबल छनोटमा बुधाबार बिहान भएको खेलका ब्राजिलले पाराग्वेलाई चार शुन्यको गोल अन्तरले पारजित गरेको हो।
ब्राजिललाई जित दिलाउन ब्राजिलका राफिन्हा, फिलिपे कोउटिन्हो, एन्टोनी र रोड्रिगोले समान एक एक गोल गरेको थिए। ब्राजिलले खेलको २८ औं मिनेटमा राफिन्हाको गोलमा अग्रता लिएको थियो। खेलको पहिलो हाफ एक शुन्य गोल अन्तरले टुङ्ग्याएको ब्राजिलले बाँकी तीन गोल दोस्रो हाफमा गरेको थियो।
दोस्रो हाफको ६२ औं मिनेटमा कोउटिन्होले गोल गर्दै ब्राजिलको अग्रतालाई दाेब्बर बनाएका थिए। खेलको ८६ औं मिनेटमा एन्टोनीले गोल गर्दै ब्राजिलको गोल अन्तरलाई तीन शुन्यमा पुर्याए।

खेलको ८८ औं मिनेटमा ब्राजिलका रोड्रिगोले गोल गर्दा ब्राजिल चार शून्यले विजयी भयो। विश्वकप छनोटको दक्षिण अमेरिका अन्तर्गतबाट विश्वकपमा छनोट हुने ब्राजिल पहिलो टोली हो। ब्राजिल छनोटको शिर्ष स्थानमा छ।
पाराग्वे विरुद्धको जित सँगै ब्राजिलले १५ खेलबाट ३९ अंक जोडेको छ। पाराग्वै भने १३ अंक जोडेर छनोटको नवौं स्थानमा रहेको छ।
