विश्वकप छनोट : उरुग्वेसँग भेनेजुएला पराजित

विश्वकप छनोट : उरुग्वेसँग भेनेजुएला पराजित


  • 6.5K
    SHARES
    • माघ १९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    विश्वकप छनोट : उरुग्वेसँग भेनेजुएला पराजित

    काठमाडौं, १९ माघ। कतारमा हुने विश्वकप छनोटमा उरुग्वेसँग भेनेजुएला पराजित भएको छ। दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा भेनेजुएलाले उरुग्वेसँग चार एक गोल अन्तरको हार बेहोरेको हो।

    images

    उरुग्वेलाई जित दिलाउन रोड्रिगो बेन्टानकुर, जिओर्जियन डी, एडिन्सन काभानी र लुइस सुआरेजले एक एक गोल गरे। खेलको पहिलो मिनेटमै रोड्रिगो बेन्टानकुरले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाएको थिए। खेलको २३ औं मिनेटमा जिओर्जियन डीले गोल गर्दै उरुग्वेको अग्रतालाई दोब्बर बनाए।

    पहिलो हाफको इन्जुरी समयमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेलाई तीन शून्यको अग्रता दिलायर पहिलो हाफको खेल टुङ्ग्याए। दोस्रो हाफको ५३ औं मिनेटमा उरुग्वेले पाएको पेनाल्टीमा लुइस सुआरेजले गोल गर्दै भेनेजुएलासँगको गोल अन्तर चार शुन्यमा पुर्याए।  

    त्यसपछि खेलको ६५ औं मिनेटमा भेनेजुएलाका लागि मार्टिनेजले सान्तोना गोल फर्काए पनि उरुग्वे चार एक गोल अन्तरले विजयी भयो। यो खेल सँगै १६ खेलबाट २२ अंक जोडेको उरुग्वेले विश्वकप छनोटमा पुग्ने सम्भावना कायम नै राखेको छ। भेनेजुएला भने १० अंक जोड्दै दक्षिण अमेरिका छनोटको पुछारमा छ।  
     

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट
  • # उरुग्वे
  • # भेनेजुएला

  • तेस्रो आँखा