दूधको नयाँ मूल्य : किसानलाई ५६.४ रुपैयाँ, उपभोक्ताका लागि बढ्न सक्ने 

दूधको नयाँ मूल्य : किसानलाई ५६.४ रुपैयाँ, उपभोक्ताका लागि बढ्न सक्ने 


  • 9.4K
    SHARES
    • माघ १९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.4K Views

    दूधको नयाँ मूल्य : किसानलाई ५६.४ रुपैयाँ, उपभोक्ताका लागि बढ्न सक्ने 

    काठमाडौं, १९ माघ । सरकारले किसानले पाउने दूधको आधार मूल्य वृद्धि गरेसँगै उपभोक्ताले तिर्ने मूल्य पनि बढ्न सक्ने नेपाल दुग्ध विकास संस्थानले जनाएको छ।

    images

    नेपाल दुग्ध विकास संस्थानका नि.उपमहाप्रबन्धक  राजेन्द्र प्रसाद अधिकारीका अनुसार सरकारले किसानले पाउने न्युनतम आधार मूल्य ५६.४ रुपैयाँ तोकेकोले अब ढुवानी, प्रशोधन र बिक्रेता आदिलाई आधार बनाएर उपभोक्ताले तिर्ने दुधको मूल्य तोकिने छ। 
    ‘किसानले न्युनतम ५६.४ रुपैयाँ पाउने निणर्य भैसकेको छ। अब भोली कृषि तथा पशुपन्छि मन्त्रालयसँग छलफल गरेर उपभोक्ता मूल्य तोकिने छ। उपमहाप्रबन्धक अधिकारीले भने ‘कच्चा दुधको मूल्य बढेकोले त्यसमा ढुवानी, प्रशोधन खर्च सँगै बिक्रेताले पाउनु पर्ने रकम लगायतका खर्चहरु जोड्दा मूल्य बढ्ने निश्चित छ।’ यसबारेमा बिहीबार मन्त्रालयसँग बसेर छलफल गरेर निष्कर्षमा पुग्ने र मूल्य निर्धारण गरिने पनि उनले जानकारी गराए।

    मुख्यतः किसानको हितलाई हेरेर किसानले प्रतिलिटर ५६.४ रुपैयाँ पाउने गरी दूधको मूल्य वृद्धि गरेको अधिकारीले बताएका छन्। बुधबार नेपाल दुग्ध विकास संस्थानमा यही विषयमा छलफल भएको उनले जानकारी दिएका छन्। दूधको मूल्यलाई अन्तिम रुप भने नेपाल दुग्ध विकास संस्थान, कृषि तथा पशुपन्छी मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डसँग बसेर दिइने उनले बताएका छन्।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दूधको मूल्य ६.५२ रुपैयाँले वृद्धि गरेर ५६.४ रुपैयाँ कायम गर्ने निणर्य गरेको थियो। यो भन्दा अगाडि दुधको मूल्य प्रतिलिटर ४९.५२ थियो । यस अघि सरकारले २०७६ को भदौमा दुधको मूल्य बढाएको  थियो।

    कच्चा दूधको मूल्य वृद्धि फ्याट र एसएनएफको आधारमा गरिएको कुषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ। सरकारले दूधको न्युनतम् फ्याट चार प्रतिशत र एसएनएफ आठ प्रतिशत कायम गरेको छ। मूल्य निर्धारण गर्दा यस अघिकै फर्मुलाअन्तर्गत फ्याटलाई ६.८१ रुपैयाँ र एसएनएफलाई ३.६ रुपैयाँले गुणन गर्दा हुने कुल मूल्यको आधारमा मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ। फ्याट र एसएनएफ बढी भए किसानले दूधमा बढी मूल्य पाउँछन् । 

  • सम्बन्धित विषय:

  • # दूध
  • # नयाँ मूल्य

  • पदम भुजेल
    लेखकबाट थप