• ट्रेण्डिङ्ग :
सिम्रिक एयरका पाइलट निलम्बनमा

सिम्रिक एयरका पाइलट निलम्बनमा


  • 3.9K
    SHARES
    • बैशाख १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.1K Views

    सिम्रिक एयरका पाइलट निलम्बनमा

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणले उडान सुरक्षाको प्रोटोकल पालना नगरेको भन्दै ती पाइलटलाई सक्रिय ड्युटीबाट निलम्बन गरेको हो । 

    images

    मंगलबार बिहान कतार एयरवेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने क्रममा लुक्लाबाट काठमाडौं आएको सिम्रिक एयरको हेलिकोप्टर करिब दुई नटिकल माइल नजिक पुगेको थियो । त्यसपछि कतार एयरवेजको जहाजमा ट्राफिक अलर्ट एन्ड कोलिजन एडभाइस (टिकास)ले वार्निङ दिएको थियो । 

    जहाज ल्यान्ड गरेपछि कतार एयरवेजका पाइलटले विमानस्थललाई रिपोर्ट गरेका थिए । त्यसपछि विमानस्थलले हेलिकोप्टरका पाइलटलाई बोलाएर सोधपुछ गर्दै घटनाको विस्तृत अध्ययन गर्न विमानस्थलले नियामक निकाय प्राधिकरणलाई सिफारिस गरेको थियो ।


    तेस्रो आँखा