एमसीसीले गठबन्धनलाई कुनै असर पुर्‍याउदैन - माधव नेपाल 

एमसीसीले गठबन्धनलाई कुनै असर पुर्‍याउदैन - माधव नेपाल 


  • 9.2K
    SHARES
    • माघ १९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    एमसीसीले गठबन्धनलाई कुनै असर पुर्‍याउदैन - माधव नेपाल 

    काठमाडौं, १९ माघ। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमसीसीले गठबन्धनमा कुनै पनि किसिमको असर नपुर्‍याउने बताएका छन्।

    images

    बुधबार नेकपा (एकिकृत समाजवादी) सिन्धुपाल्चोकले आयोजना गरेको पार्टी आवद्धता समारोह कार्यक्रमलाई सम्बोधन गर्दै माधव नेपालले एमसीसीले गठबन्धनमा कुनै पनि किसिमको असर नगर्ने र गठबन्धन नभत्कने बताएका हुन्।

    सोनाम ल्होसारको अबसरमा शुभकामना दिएका नेपालले २०६१ साल माघ १९  गते पूर्वराजा ज्ञानेन्द्रले गरेको ‘कु’ पनि सम्झे। आफुलाई त्यस समयमा बन्दी बनाएको क्षण पनि उनले सम्झिए। ०६१ सालमा आफुहरुले डटेर प्रतिगमनको सामना गरेको बताएका नेपालले अधिकांश समय केपी ओलीको आलोचनामा खर्च गरे।

    पछिल्लो समय नेपालमा पुनः एमसीसीको विषयले राजनीति तताएको छ। एमसीसीले गठबन्धन टुट्ने हल्ला चलिरहेको समयमा नेपालले एमसीसीले गठबन्धनलाई कुनै असर नगर्ने र गठबन्धन नटुट्ने ठोकुवा गरे । साथमा नेपालले पार्टी नेता तथा कार्यकर्तालाई अब चुनाबको तयारीमा लाग्न पनि आग्रह गरे। 

     

  • सम्बन्धित विषय:

  • # एमसीसी
  • # माधवकुमार नेपाल

  • तेस्रो आँखा