काठमाडौं, १९ माघ। विश्वकप छनोट खेलमा भेनेजुएलामाथि गोल गर्दै उरुग्वेका स्ट्राइकर लुइस सुआरेज विश्वकपको दक्षिण अमेरिकी छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
कतारमा हुने विश्वकपका लागि बुधबार बिहान भएको छनोट खेलमा सुआरेजले भेनेजुएलाविरुद्ध पेनाल्टीमार्फत एक गोल गरेका थिए। उक्त खेलमा उरुग्वेले भेनेजुएलालाई चार एक को गोल अन्र्तरमा पाराजित गरेको थियो।
सुआरेजले विश्वकपको दक्षिण अमेरिकी छनोटमा २८ गोल गरेका छन्। यस अघि यो रेकर्ड अर्जेन्टिनी कप्तान लियोनल मेसीको नाममा थियो । मेसीले विश्वकपको दक्षिण अमेरिकी छनोटमा २७ गोल गरेका छन्।
बुधबार भेनेजुएला माथि जित हाँसिल गर्दै उरुग्वेले विश्कप छनोटको सम्भावना कायम राखेको छ। कतार विश्वकप २०२२ का लागि दक्षिण अमेरिकीबाट ब्राजिल र अर्जेन्टिनाले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।
