काठमाडौँ । नेपाल तथा वेस्ट इन्डिज 'ए' बीच ट्वान्टी-ट्वान्टी श्रृङ्खला अन्तर्गतको चौथो खेल आज हुने भएको छ। वेस्ट इन्डिज 'ए' ले नेपाली टिमलाई दोस्रो र तेस्रो खेलमा हराएको थियो। घरेलु टिमलाई वेस्ट इन्डिजले दोस्रो चरणको खेलमा १० रनले हराएको थियो भने तेस्रो खेलमा ७६ रनले हराएको थियो। पहिलो खेल नेपालले चार विकेटले जित निकालेको थियो । पाँच चरणमा हुने यो खेल कीर्तिपुरमा रहेको त्रिवी क्रिकेट मैदानमा हुनेछ भने पाँचौं खेल शनिबार सोही मैदानमा हुनेछ ।
