काठमाडौं, १९ माघ । खप्तड गोल्डकपको पाँचौं संस्करण फागुन ११ गतेदेखि हुने भएको छ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबलले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दैे फागुन ११ गतेदेखि सुरु हुने प्रगियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो।
प्रतियोगिताको आयोजना गर्न प्रदेश सरकारले सहयोग गर्ने भएपछि प्रतियोगिताको नाम ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ राखिएको छ।
धनगढीको रंगशालामा हुने प्रतियोगितामा दैनिक पाँच हजार दर्शकले प्रत्यक्षरुपमा प्रतियोगिताबारे जानकारी लिन पाउने आयोजकले दाबी गरेको छ।
प्रतियोगितामा दुई विदेशीसहित १० टिमको सहभागिता हुने छ। प्रतियोगिताको विजेताले रु. २१ लाख तथा उप–विजेताले रु. १० लाख नगद पुरस्कारको साथमा ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
