जनकपुरधाममा दिनदहाडै लुटियो रु ८० लाख

जनकपुरधाममा दिनदहाडै लुटियो रु ८० लाख


  • 3.7K
    SHARES
    • बैशाख २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.7K Views

    जनकपुरधाममा दिनदहाडै लुटियो रु ८० लाख

    जनकपुर, २४ वैशाख/ धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ । 

    images

    आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिनुभयो ।

    जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदैगर्दा जनकपुरधाम उपमहानगरपालिका १९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको बताउनुभयो । 


    तेस्रो आँखा