प्रधानमन्त्री देउवा र प्रशिक्षक अल्मुताइरीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र प्रशिक्षक अल्मुताइरीबीच भेटवार्ता


  • 7.6K
    SHARES
    • माघ २१, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    प्रधानमन्त्री देउवा र प्रशिक्षक अल्मुताइरीबीच भेटवार्ता

    काठमाडौं, २१ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेपाली राष्ट्रीय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दूल्लाह अल्मुताइरीबीच भेटर्वार्ता भएको छ।

    images

    शुक्रबार प्रधानमन्त्री देउवाले प्रशिक्षक अल्मुताइरीका साथमा टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायसँग नेपाली फुटबलको विविध पक्षबारे छलफल गरेका हुन्। भेटर्वार्ता कार्यक्रममा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको पनि उपस्थिति थियो।

    भेटर्वार्ता कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुद मन्त्रालय र नेपाल सरकार नेपालको फुटबल विकासको लागि सहयोग गर्न सधैँ तयार रहेको बताएका थिए।

    अक्टोबरमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल फाइनल पुगेको थियो। त्यसै अवसरमा सरकारले नेपाली राष्ट्रीय टोलीलाई सम्मान गरेको थियो।

    उक्त सम्मान कार्यक्रममा प्रशिक्षक अल्मुताइरी कुवेत गएका कारणले उपस्थित हुन सकेका थिएनन्। सोही कारणले पनि प्रशिक्षकलाई सम्मान गर्न प्रधानमन्त्री देउवाले अल्मुताइरीसँग भेट गरेका हुन्।

    नेपालले अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा भरखरै मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा जित हात पारेको थियो।