सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन टोली सरकारद्वारा सम्मानित

सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन टोली सरकारद्वारा सम्मानित


  • 6.9K
    SHARES
    • माघ २१, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन टोली सरकारद्वारा सम्मानित

    काठमाडौं, २१ माघ। एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई नेपाल सरकारले सम्मानित गरेको छ।

    images

    नेपाली महिला भलिबल टोलीले बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको थियो। शुक्रबार प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही पाँच पाँच लाख नगद पुरस्कार प्रदान गरेका गरेका हुन्।

    त्यस्तै सोही क्रममा दुई जना प्रशिक्षकलाई तीन/तीन लाख र एक जना अफिसियललाई दुई लाख नगदले पुरस्कृत गरिएको थियो। 
    लगातार दोस्रो पटक च्याम्पियन बनेको नेपाल पुसमा बंगलादेशको ढाकामा उज्वेकिस्तानलाई तीन दुई सेटको अन्तरमा पराजित गर्दै च्याम्पियन बनेको हो। महिला तर्फ च्याम्पियन बनेको नेपालले पुरुषतर्फ भने चौंथो स्थानमा चित्त बुझाएर फर्किएको थियो।