शनिबार हुने भनिएको च्यासल र पुलिसबीचको खेल पुनः स्थगित

शनिबार हुने भनिएको च्यासल र पुलिसबीचको खेल पुनः स्थगित


  • 6.0K
    SHARES
    • माघ २१, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    शनिबार हुने भनिएको च्यासल र पुलिसबीचको खेल पुनः स्थगित

    काठमाडौं, २१ माघ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार हुने भनिएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल पुनः स्थगित भएको छ।

    images

    शुक्रबार अखिल फुटबलसंघ (एन्फा)ले शनिबार हुने भनिएको खेल सारिएको बताएको हो। यसअघि च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण देखिएपछि यी दुई बीचको खेल स्थगित गरिएको थियो।  

    एन्फाले उक्त रोकीएको खेल शनिबार हुने बताए पनि अब उक्त खेल बुधबार दिउँसो एक बजे दशरथ रंगशालामा हुने बताएको छ। 
    यस्तै एन्फाले लिगको दशौं चरणको खेलहरु माघ २८ गते बाट हुने जानकारी गराएको छ । तर दशौं चरणका खेलहरुको तालिका भने सार्वजनिक भएको छैन ।  


    तेस्रो आँखा