• ट्रेण्डिङ्ग :
टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द

टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द


  • 8.5K
    SHARES
    • माघ २१, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द

    बुटवल, २१ माघ । टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थल नजिक चट्याङ परेका कारण टावरमा समस्या आएको विमानस्थलले जनाएको छ। 

    images

    शुक्रबार परेको वर्षा र हावासँगै विमानस्थल नजिकै चट्याङ परेको थियो। टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।

    उनका अनुसार करिब चार बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको थियो। यसको साथै टावरको तार चुँडिएको र रन वेको पापी ९पिएपिआइ० लाइट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले जानकारी दिए । 

    'टावरमा समस्या आएको कारण विमानस्थल बन्द गरिएको छ,' दाहालले भने, 'शनिबार पापी लाइट बने राती अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।'

    विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट विभिन्न जिल्ला जान हिँडेका यात्रु र यहाँ आउने यात्रु प्रभावित भएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # गौतमबुद्ध विमानस्थल

  • तेस्रो आँखा