काठमाडौं । ९८ लाख रुपैयाँ नगदसहित काठमाडौँको दरबारमार्गबाट २ जना व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको घर बुटवल भएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप जानकारी आउन बाँकी रहेको छ। घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।
