आगलागी क्षेत्रमा स्वास्थ्यकर्मी संघको स्वास्थ्य शिविर 

आगलागी क्षेत्रमा स्वास्थ्यकर्मी संघको स्वास्थ्य शिविर 


  • 5.2K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.9K Views

    आगलागी क्षेत्रमा स्वास्थ्यकर्मी संघको स्वास्थ्य शिविर 

    दाङ/नेपाल स्वास्थ्यकर्मी संघ दाङले शुक्रबार  राजपुर गाउँपालिकाको हाडबासमा भएको आगलागि क्षेत्रमा आगलागी प्रभावितहरूको लागि स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । बैशाख १६ गते आगलागि भएको थियो ।

    images

    स्वास्थ्य  शिबिरमा १६३ जनाले सेवा लिएका थिए । कार्यक्रममा २ जना चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मीहरू परिचालन भएका थिए ।  नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष हरि बहादुर पुनको अध्यक्षतामा भएको हो ।  पालिका उपाध्यक्ष धनपतिदेवि यादवको प्रमुख आतिथ्यतामा भएको थियो  ।

    कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे, वडा नं ७ का वडा अध्यक्ष पुष्कर वलीले मनतव्य राखेका थिए । शिविरमा औषधि ब्यबस्थापन सहयोग गर्ने एनएमएसआरए दाङ र एप्पलका मेडिकल रिपरजेन्टेटिभ शुभम शर्माले धन्यबाद दिएका थिए ।


    तेस्रो आँखा