• ट्रेण्डिङ्ग :
राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी

राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी


  • 2.8K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.3K Views

    राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी

    बाँके, २९ वैशाख/बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् ।

    images

    बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो । कुसुम स्वास्थ्य चौकी इञ्चार्ज अमृत महतराका अनुसार खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार भइरहेको छ । बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । 

    पानी शुद्धीकरण गर्ने औषधि तथा पखालाका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ ।

    झाडापखाला लागेका बिरामीको अवस्था सुधार हुँदै गएको भन्दै जिल्लाबाट प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्रमुख शाहीले बताउनुभयो । 


    तेस्रो आँखा