• ट्रेण्डिङ्ग :
आकस्मिकरुपमा फौलिएको झाडापखाला नियन्त्रण

आकस्मिकरुपमा फौलिएको झाडापखाला नियन्त्रण


  • 3.1K
    SHARES
    • बैशाख ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    आकस्मिकरुपमा फौलिएको झाडापखाला नियन्त्रण

    बाँके, ३० वैशाख । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा आकस्मिकरुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर उपचार गरेपछि झाडापखाला नियन्त्रणमा आएको जनाइएको छ । 

    images

    “एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका थिए । तीमध्ये आठ जनाको अवस्था गम्भीर थियो । स्वास्थ्यकर्मीको टोली गाउँमा गएर उपचारमा संलग्न भएसँगै झाडापखाला नियन्त्रणमा आएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भन्नुभयो । 

    राप्तीसोनारी अस्पतालका चिकित्सक डा राम शाहको नेतृत्वमा गाउँमै पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार गरेको थियो । तीन जनालाई स्वास्थ्य चौकीमा भर्ना गरेर थप उपचार गरिएको राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।

    खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ कुसुम स्वास्थ्य चौकीबाट प्रमुख अमरसिंह महतारा र पालिकाको स्वास्थ्य शाखा प्रमुख केसीलगायत टोली टोलीले तत्काल गाउँमा पुगेर उपचार सुरु गरेको थियो । 

    “एक जना स्थानीयको घरमा आयोजित भोजमा खानेपानीको समस्या भएको पाएका छौँ । सो भोजमा सहभागीहरुमा पखाला फैलिएको हो”, स्वास्थ्य शाखा प्रमुख केसीले भन्नुभयो । पानी शुद्धीकरण गर्ने औषधि र पखालाका अन्य औषधिसहित चिकित्सकको टोली समयमै गाउँमा पुगेकाले पखाला छिट्टै नियन्त्रणमा आएको उहाँको भनाइ छ । 


    तेस्रो आँखा