काठमाडौं । नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाईने भएको छ । सरकारले बृहत् खोज र खोप अभियान अन्तर्गत आज वैशाख ३१ गते खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।
अभियानमा पाँच वर्षसम्मका बालबालिकालई १५ महिनाभित्र लगाइसक्नुपर्ने मध्ये छुटेको भए सोही खोप दिन लागिएको हो ।
खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट दिइनेछ । राष्ट्रिय खोप तालिकाअनुसार शिशु जन्मिएदेखि १५ महिना पूरा हुँदासम्म विभिन्न रोगविरुद्धको १८ मात्रा खोप पूरा गर्नु पर्छ ।
