• ट्रेण्डिङ्ग :
नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार

नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार


  • 3.4K
    SHARES
    • बैशाख ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.2K Views

    नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार

    दमौली (तनहुँ), ३१ वैशाख : तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार भएको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुरमा रहेको ढोरफूलबारी सहिद अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार गरिएको हो ।

    images

     

    विगतमा गर्भवतीलाई मात्रै भिडियो एक्सरे सेवा दिने गरिएकामा अब सबैका लागि खुला गरिएको अस्पतालका मेडिकल अधिकृत डा विज्ञान क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब यो सेवा बिदाका दिनबाहेक अन्य दिनमा पनि आवश्यकताअनुसार सबै सेवाग्राहीलाई प्रदान गरिनेछ ।”

     

    राइपुरमै भिडियो एक्सरे सेवा विस्तार भएपछि सर्वसाधारणलाई सहज हुने भएको छ । भिडियो एक्सरे सेवाका लागि नगरपालिकाको केन्द्र दुलेगौँडा बजारसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताउनुभयो । अस्पतालले गर्भवती सेवा, खोप सेवा, गर्भपतन सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा प्रदान गर्दै आइरहेको छ । 

     

    गत फागुनदेखि अस्पतालले इसिजी सेवा सुरु गरेको छ । मेडिकल अधिकृत डा क्षेत्रीका अनुसार अस्पतालमा सेवा थप गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “नगरस्तरीय अस्पतालबाट सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न लागि परेका छौँ ।”

     

    समुदायस्तरबाट सञ्चालित उक्त अस्पताल विसं २०७५ भदौमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसयता नगरपालिकाको स्वामित्वमा अस्पताल सञ्चालनमा छ । विसं २०७४ साल असोज २७ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त अस्पताललाई सरकार मातहतमा ल्याउने निर्णय गरेको थियो । अस्पतालको स्वामित्वमा आठ रोपनी १२ आना जग्गा, दुई वटा भवन छ । उक्त अस्पतालले शुक्लागण्डकी नगरपालिका–१०, ११, १२ र स्याङ्जाको हरिनास तथा विरुवा गाउँपालिकाका सर्वसाधारणलाई सेवा दिँदै आएको छ ।


    तेस्रो आँखा