काठमाडौं, २३ माघ । भारतीय क्रिकेट टोली विश्व क्रिकेटको इतिहासमा एक हजार एकदिवसीय खेल्ने पहिलो टोली बनको छ।
भारतले नरेन्द्र मोदी क्रिकेट रंगशाला, अहमबादमा वेस्ट इन्डिजविरुद्ध खेल खेलेसँगै एक हजार एकदिवसीय खेल्ने पहिलो टोलीको रुपमा आफ्नो नाम लेखाएको हो।
भारत र वेस्ट इन्डिजबीच भारतको मैदानमा तीन एकदिवसीय श्रृंखला खेल्ने तालिका रहेको छ। तीनै खेल नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने छ। त्यस्तै एकदिवसीय श्रृंखला पछि तीन वटा २० -२० हुने खेल तालिका रहेको छ।
भारतले सन् १९७४ मा इङ्गल्यान्डविरुद्ध पहिलो एकदिवसीय खेल खेलेको थियो। हालसम्म भारतले खेलेको नौ सय ९९ खेलमध्य पाँच सय १८ खेल जितेको छ भने चार सय ३१ खेलमा हार बेहोरेको छ । भारतले खेलेको ४१ खेल नतिजाविहिन टुङ्गिएको छ।
अहिले वेस्ट इन्डिजविरुद्ध भैरहेको खेल जितेमा भारतले एक हजार एकदिवसीयमा जितेको खेलको संख्या पाँच सय १९ हुने छ।
भारतले हाल सम्म दुई पटक एकदिसीय विश्वकपको उपाधि जितको छ ।
