• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान


  • 2.7K
    SHARES
    • जेठ ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.1K Views

    कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

    कर्णाली, ३ जेठ/कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

    images

    प्रदेश प्रमुखले चौथो अधिवेशन आह्वान गरेसँगै आज कर्णाली प्रदेशसभा सचिवालयले कर्णाली प्रदेश नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठकमा उपस्थित हुन सम्पूर्ण प्रदेशसभा सदस्यलाई जानकारीका लागि सूचना गरेको छ । उक्त बैठक प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुने जनाइएको छ ।


    तेस्रो आँखा