इन्स्टाग्राममा चार सय मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति बने रोनाल्डो

इन्स्टाग्राममा चार सय मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति बने रोनाल्डो


  • 6.7K
    SHARES
    • माघ २४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    इन्स्टाग्राममा चार सय मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति बने रोनाल्डो

    काठमाडौं, २४ माघ । पोर्चुगली फुटबलर क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा चार सय मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति बनेका छन् ।

    images

    इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेडका फरवार्डरसमेत रहेका रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राममा चार सय मिलियन फलोअर्स पुगेको हो । 

    यो सँगै ३७ वर्षीय रोनाल्डो चार सय  मिलियन फलोअर्स पाउने पहिलो खेलाडीसमेत बनेका छन् । उनले इन्स्टाग्राममा पाँच सयलाई फलो गरेका छन् । 

    यस अघि रोनाल्डो सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पाँच सय मिलियन फलोअर्स पाउने पहिलो खेलाडी बनेका थिए। 

    रोनाल्डो भन्दा अघि सामाजिक सञ्जालमा पाँच सय मिलियन फलोअर्स कसैको पुगेको थिएन ।   


    तेस्रो आँखा