सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च


  • 3.3K
    SHARES
    • जेठ ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    सुनको भाउ हालसम्मकै उच्च

    काठमाडौं ६ जेठ/सुनको भाउले आइतबार फेरि उच्च रेकर्ड बनाएको छ । गत बिहीबार त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ४० हजार पुगेको सुन शुक्रबार ७ सय घटेको थियो ।

    images

    आइतबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेर १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली बजारमा पनि असर परिरहेको छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९१० पुगेको छ ।


    तेस्रो आँखा