काठमाडौं, २४ माघ। चिनियाँले नयाँ पानी टाइगर वर्ष २०२२ भव्य रुपमा मनाइरहेका छन। नयाँ वर्ष विश्व भर फैलिएर रहेका चिनियाँ जनताका लागि एक महत्त्वपूर्ण पर्व हो। चिनियाँ पात्रो र मितिहरू सूर्यमा आधारित नभई परम्परागत रूपमा चन्द्रमामा आधारित हुन्छन्। चिनियाँहरू नयाँ वर्षलाई सात दिनसम्म मनाउने गर्दछन।

बिदाको दिन साँझमा भेला भएर परिवारमा जम्मा भइ नयाँ-नयाँ परिकारहरु बनाएर खाने गर्दछन। त्यो खानालाई 'रेयुनिनल डिनर' भन्ने गर्दछन्। देश विदेशमा रहेका आफन्तहरू नयाँ वर्षमा एकपल्ट यो समयमा आफ्नो परिवारलाई भेट्ने गर्दछन्। यस दिन खाना खाएर रमाइलो गर्नुको साथसाथै परिवारसँगै नयाँ वर्षको सन्ध्याको पर्व पनि भन्ने गर्दछन। विवाहित छोरीहरू पनि आफ्नो आमाबुबालाई भेट्न टाढा-टाढाबाट माइतमा आउने रमाइलो गर्ने गर्दछन।

नयाँ वर्षको पहिलो दिन आफ्नो हजुरबुबा हजुरआमा, आमाबुबा साथीहरू र नातेदारहरूसँग भेटघाट गर्ने गर्छन। वृद्ध तथा विवाहित मानिसहरू बच्चाहरूलाई रातो कागचवाला प्याकेटहरू दिन्छन। त्यो प्याकेटभित्र पैसा हुन्छ जुन भाग्यले दिएको विश्वास गरिन्छ। चिनियाँहरू घुम्न जाँदा नयाँ कपडाहरू लगाएर जाने गर्छन्, जुन प्रायः रातो रंगमा हुने गर्छ। जब उनीहरू अरू मानिसलाई देख्छन्, उनीहरू शुभकामना दिन विशेष वाक्यांशहरू प्रयोग गर्ने गर्छन्। उनीहरू सुभकामनाको लागि म्यान्डारिन सुन्तला पनि साटासाट गर्छन्।

नयाँ वर्ष उत्सवको अन्तिम दिनलाई लालटिन पर्व भनिन्छ। यस दिन घर-घरमा परिवारहरू चिप्लो चामलबाट बनेको पकौडा तथा गुजिया पकाउँछन् र यी परिकारहरूलाई मीठो (गुलियो) सुपसँग खान्छन्। चाइना अथवा चाइना टाउनका गल्लीहरू राम्रा-राम्रा लालटिनहरूले सजाइएका हुन्छन। यो दिनमा परम्परागत रूपमा युवक तथा युवतीहरूले आफ्नो जिवनसाथी छान्ने चलन रहि आएको छ।

