काठमाडौं, २४ माघ । इंग्ल्यान्ड तथा म्यान्चेस्टर युनाईटेडका पुर्व स्ट्राइकर बायन रुन्नी किशोराअवस्थामा नै उच्च स्तरको फुटबल खेल्ने दवावमा हुँदा रक्सी सेवन गदर्थे।
१६ वर्षकै उमेरमा आर्सनलविरुद्ध सन् २००२ मा पहिलो गोल गरेका रुन्नीले किशाेरावस्थामा नै उच्च स्तरको फुटबल खेल्ने दबाब झेल्न नसकेर त्यसको लागि तयार हुन र समस्याहरुसँग जुध्न रक्सी सेवन गर्ने गरेको बताएका हुन्।
१६ वर्षकै उमेरमा आफू प्रिमियर लिग तथा अर्न्तराष्ट्रिय खेलाडी बन्नका लागि आफू तयार नरहेको तथा त्यसको लागि तयार हुन आफूलाई धेरै समय लागेको उनी बताउँछन्।
सन् २००९ सम्म आफ्नो पहिलो सन्तान काई नजन्मिउन्जेल रक्सी खाने समस्या जारी राखेको रुन्नी बताउछन्। इंगल्यान्डका लागि सवार्धिक गोल गरेका रुन्नीले एक सय २० अर्न्तराष्ट्रिय गोल गरेको थिए।
३६ वर्षीय रुन्नी युनाइटेडका लागि दुई सय ५३ गोल गर्दै पाँच प्रिमियर लिग तथा च्याम्पियन्स लिगको उपाधि दिलाए। खेलबाट आराम मिलेको अवस्थामा आफूले कोठामा थुनिएर रक्सी सेवन गर्ने गरेको उनको भनाइ छ।
