• ट्रेण्डिङ्ग :
रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै


  • 2.7K
    SHARES
    • जेठ ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.2K Views

    रुकुम पश्चिममा दश हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

    रुकुम पश्चिम, ८ जेठ । रुकुम पश्चिममा करिब १० हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभि खोप लगाउने गरी अभियान सञ्चालन हुँदैछ । यही जेठ १३ गतेदेखि २६ गतेसम्म जिल्लाभरमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

    images

    कार्यालयका सूचना अधिकारी कालिबहादुर ओलीले जिल्लाभरका करिब १० हजार बालबालिकालाई खोप लगाउने लक्ष्यसहित दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो । पहिलो चरणमा यही जेठ १३ गते देखि १८ गतेसम्म चौरजहारी नगरपालिका र त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिका तथा मुसीको र आठबीसकोट नगरपालिकासहित पाँच पालिकामा जेठ २० गते देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । 

    विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन दुई सय ९३ खोप केन्द्र तोकिएका छन् । अभियानमा दुई सय ७८ खोप कार्यकर्ता र चार सय महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने छन् । 


    तेस्रो आँखा