काठमाडौं, २४ माघ। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भन्डारी करिब आठ महिनाको उपचारपछि नेपाल फर्किने भएकी छन्।
करिब आठ महीना देखि कतारमा उपचाररत भन्डारी मंगलबार नेपाल फर्किन लागेकी हुन् । उनी असार १२ गते उपचारका लागि कतार गएकी थिइन्। सावित्रा गत फागुन तीन गते राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्वबविरुद्धको खेलमा घाइते भएकी थिइन्।
सावित्राले खेलको ६९ औं मिनेटमा नेपाल पुलिस क्लबकी गोलकिपर उषा नाथासँग ठोक्किदा घुँडामा गम्भिर चोट बेहोरेकी थिइन्।
सावित्रा घरेलु लिगमा एपिएफ क्लबबाट खेल्ने गर्थिन् । उनले चोटका कारण लिगको अन्तिम दुई खेल गुमाएकी थिइन्।
महिला लिगमा अपराजित रहँदै उपाधि उचालको एपिएफलागि साबित्राले १० खेलमा ४३ गोल गरेकी थिइन्। दायाँ खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट(एसिएल) च्यातिएको कारण उनको उपचार अखिल फुटबल संघ (एन्फा) को पहलमा कतारमा भएको हो। साबित्रा भण्डारी नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा निकै परिचित नाम हो।
