• ट्रेण्डिङ्ग :
सभामुखद्वारा उँभौलीकोे शुभकामना

सभामुखद्वारा उँभौलीकोे शुभकामना


  • 2.7K
    SHARES
    • जेठ १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    सभामुखद्वारा उँभौलीकोे शुभकामना

    काठमाडौँ, १० जेठ । सभामुख देवराज घिमिरेले उँभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वाससहित  शुभकामना व्यक्त गर्नुभएको छ ।

    images

    सभामुख घिमिरेले किरात समुदायको पर्व उँभौलीको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली  दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको हो ।

    “नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो”, सभामुख घिमिरेले सन्देशमा उल्लेख गर्नुभएको छ । 

    हरेक वर्ष वैशाख पूर्णिमाका दिनदेखि सुरु हुने उँभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेँसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली लगाउने खुसियालीमा मनाउने गरिन्छ । यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडका रूपमा मान्दै आएका छन् । उँभौली  विभिन्न कार्यक्रमका साथ १५ दिनसम्म मनाउन चलन छ ।  


    तेस्रो आँखा