आज यी स्थानमा हावाहुरीसहित वर्षा

आज यी स्थानमा हावाहुरीसहित वर्षा


  • 3.4K
    SHARES
    • जेठ १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.3K Views

    आज यी स्थानमा हावाहुरीसहित वर्षा

    काठमाडौं १३ जेठ/गण्डकी र लुम्बिनी प्रदेशलगायत क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको पहाडी भूभागका केही, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना महाशाखाले जनाएको छ।

     


    तेस्रो आँखा