बागमती प्रदेश : मन्त्रिपरिषद्धारा नीति तथा कार्यक्रम स्वीकृत

बागमती प्रदेश : मन्त्रिपरिषद्धारा नीति तथा कार्यक्रम स्वीकृत


  • 4.1K
    SHARES
    • जेठ १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.4K Views

    बागमती प्रदेश : मन्त्रिपरिषद्धारा नीति तथा कार्यक्रम स्वीकृत

    मकवानपुर, १४ जेठ/आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । 

    images

    मन्त्रिपरिषद्को पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आजै  दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नुहुनेछ । उहाँले कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारिएको बताउनुभयो । 


    तेस्रो आँखा