सुशील बस्नेत,दाङ,१४ जेठ/जेष्ठ नागरिक मैत्री बैंक तथाबित्तीय संस्था र सार्वजनिकयातायात सेवाकालागितुलसीपुरमा संवादगरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको महिलाबालबालिकातथा सामाजिकबिकास शाखाको आयोजनामातथा संवाद समूहको सहजिकरणमा जेष्ठ नागरिकहरुको सेवासुबिधाकाबिषयमा संवादकार्यक्रमगरिएको हो । राप्तीप्रादेशिक अस्पताल,बिभिन्न बैक,यातायातप्रा.ली.र प्रहरी प्रशासनतथा जेष्ठ नागरिक बिच संवादभएको हो ।
उक्त संवादकार्यक्रममा बैंक तथाबित्तिय संस्था र स्थानीयतहबिचको समन्वयमा जेष्ठ नागरिकको सामाजिक सुरक्षाभत्ताको उपलब्धताको सहजताकाबारेमाबित्तिय साक्षरता वडा वडामा सञ्चालनगर्ने, वडाको सिफारीसमाअसक्ततथाअपाङगताभएकमा जेष्ठ नागरिकको घर दैलोमा सामाजिक सुरक्षाभत्ताउपलब्ध गराउने,जेष्ठ नागरिकहरुको कानुनीब्यबस्थाअनुसार प्राप्तगर्ने सार्वजनिक सवारी साधनको भाडामा ५० प्रतिसत छुट उपलब्धता र जेष्ठ नागरिक मैत्रीब्यबहार,स्वास्थ्य सेवाको सहजताकालागि जेष्ठ नागरिकलाई छुटै परिक्षण वाडको पहल राप्तीप्रादेशिक अस्पतालले गर्ने,स्वास्थ्यबिमाको बारेमा जेष्ठ नागरिकलाई अझै राम्रो सचेतनाको आबश्यकता रहेकोले सञ्चालनगर्ने लगायतमा प्रतिबद्धता गरिएको छ ।
उक्त संवादमा सिद्धार्थ बैककाशाखाकाप्रमुखकिरण आचार्य र महालक्ष्मीबिकास बैककाप्रमुख खगेन्द्र बि.एम,त्रिशिदेश्वरी राप्तीयातायातप्रा.ली.काप्रीतमश्रेष्ठ र यातायातमजदुर दिपक बुढाथोकी,राप्तीप्रादेशिक अस्पतालका कृष्ण गोपालचौधरी,तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखाकाप्रमुखओमप्रकास न्यौपाने,ईलाकाप्रहरी कार्यालय तुलसीपुरका बरिष्ठ प्रहरी नायवनिरीक्षक रबिन्द्र मल्लले आफ्नो क्षेत्रको सेवामाथपप्रभाबकारी बनाउने प्रतिबद्धता जनाउनुभएको हो ।
त्यसक्रममा बृद्ध सेवा समिति जेष्ठ नागरिक समाजलुम्बिनीकाअध्यक्षखुमानन्दअधिकारी,रमा डाँगी, नवराज लामिछाने लगायतले जेष्ठ नागरिकहरुले पाउनुपर्ने सुबिधाको बारेमाभनाई राख्दा केही सुझाब समेत दिनुभएको थियो । सो अवसरमातुलसीपुर उपमहानगरपालिकाकाप्रमुख टिकाराम खड्का र उपप्रमुख स्यानीचौधरीले उपहानगरपालिकाको तर्फ गरिएकाप्रयासमा सबै पक्षले सकारात्मकभूमिका खेल्नु पर्नेमाजोड दिनुभयो ।
महिला,बालबालिकातथा सामाजिकबिकास शाखाकाप्रमुखमायाश्रेष्ठले बिषयप्रबेश गराउनुभएको कार्यक्रमको सहजिकरण संवादसमूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत र सहजकर्ता सुष्मागिरीले गर्नुभएको थियो । २०७८ मंसिर १५ गते उपमहानगरपालिकाको आयोजना र संवाद समूहको सहजिकरणमा जेष्ठ नागरिक मैत्रीयातायात सेवा,स्वास्थ्य सेवा,बैंक तथाबित्तिय सेवाकाबिषयमा संवादगरिएको थियो ।
