• ट्रेण्डिङ्ग :
खेल अनुशासनका साथै आफू स्थापितका हुनका लागि हो : नगर प्रमुख खड्का

खेल अनुशासनका साथै आफू स्थापितका हुनका लागि हो : नगर प्रमुख खड्का


  • 3.4K
    SHARES
    • जेठ १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    खेल अनुशासनका साथै आफू स्थापितका हुनका लागि हो : नगर प्रमुख खड्का

    तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ मा वडाध्यक्ष कप भलिबल तथा घैटाफोड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन एक समारोहकाबीच नगरप्रमुख टिकाराम खड्काले गर्नुभयो ।

    images

    कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले खेल स्वास्थ्य र राष्ट्रका लागि मात्र नभइ पहिचानकाका लागि समेत भएको बताउनुभयो । उहाँले अनुशासनका साथै आफू स्थापितका हुनका लागि खेल आवश्यक रहेको बताउनुभयो । नगरप्रमुख खड्काले सबै खेलका विधामा खेलाडीलाई प्रोत्साहन गर्न उपमहानगर तयार रहेको बताउनुभयो । 

    प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ र नगरस्तरीय युवा सञ्जालको संयुक्त आयोजना तथा स्थानीय युवा परिषदको सहकार्यमा सुरू गरिएको हो । 

    प्रतियोगितामा ९ टीमको सहभागिता छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भीमबहादुर योगीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नगरस्तरीय युवा सञ्जालका अध्यक्ष गणेश भण्डारीले गर्नुभएको थियो ।


    तेस्रो आँखा