एसईईको परीक्षा तालिका सार्वजनिक

एसईईको परीक्षा तालिका सार्वजनिक


  • 8.6K
    SHARES
    • माघ २७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    एसईईको परीक्षा तालिका सार्वजनिक

    काठमाडौं, २७ माघ। आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ।

    images

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए। 

    तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ।

    ११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ।

    कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन। विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो।

    SEE routine.jpg


    तेस्रो आँखा