काठमाडौं, २७ माघ। एएफसी कप छनोटअन्तर्गत मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार क्लबविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ।
मछिन्द्र र ब्लु स्टारबीचको खेल अप्रिल पाँचमा दशरथ रंगशालमा साझ पाँच बजे हुने अखिल फुटबल संघ (एन्फा) ले जनाएको छ। एन्फाकाअनुसार एएफसीले बिहीबार मैदान र समयको टुंगो लगाएको हो।
जारी शहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्म मछिन्द्रले तालिकाको शिर्ष स्थानमा रहँदै एएफसी कप छनोटका लागि स्थान बनाएको थियो।
मछिन्द्रले ब्लु स्टारविरुद्धको खेलमा जित हात पारेको खण्डमा भारतको एटीके मोहन बगानविरुद्ध कोलकताको विवेकानन्द युवा भारती क्रिराांगामा खेल्नेछ। समूह चरणमा स्थान बनाउन मछिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ।
