फिफा वरियतामा नेपालको दुई स्थान सुधार, यी देश छन् शिर्ष दशमा

फिफा वरियतामा नेपालको दुई स्थान सुधार, यी देश छन् शिर्ष दशमा


  • 10.8K
    SHARES
    • माघ २७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 16.7K Views

    फिफा वरियतामा नेपालको दुई स्थान सुधार, यी देश छन् शिर्ष दशमा

    काठमाडौं, २७ माघ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ। फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई स्थान सुधार गरेको हो।

    images

    नयाँ वरियतामा नेपाल एक सय ६७ औं स्थानमा उक्लिएको छ। यसअघि नेपाल वरियताको एक सय ६९ औं स्थानमा रहेको थियो। 
    दक्षिण एसियाली राष्ट्रको वरियतामा पहिलो स्थानमा भारत दोस्रोमा माल्दिभ्स र तेस्रो स्थानमा नेपाल रहेको छ। विश्व वरियतमा भारत एक सय चार औं तथा माल्दिभ्स एक सय ५७ औं स्थानमा रहेको छ।

    विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ। यस्तै ब्राजिल दोस्रो, फ्रास तेस्रो, अर्जेन्टिना तेस्रो र इंग्ल्यान्ड पाँचौं स्थानमा रहेका छन्।

    त्यस्तै इटाली छेटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेको छ। नेपालले माघ १५ र १८ गते घरेलु मैदान दशरथ रंगशालामा मरिससविरुद्ध दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपालले दुबै खेलमा मरिससलाई एक शून्यको गोल अन्तरमा पराजित गरेको थियो।  

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # फिफा

  • तेस्रो आँखा