काठमाडौं, २८ माघ । चार देशीय टी–ट्वान्टी अन्तर्गत शुक्रबार नेपालले घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले सिरिजको पहिलो खेल ओमानसँग खेल्न लागेको हो । नेपाल आजको खेलमा जित हात पार्दै सिरिजको सुखद सुरुवात गर्ने लक्ष्यकासाथ मैदानमा उत्रिने छ ।
तर, बलियो टोली ओमानलाई उसको घरेलु मैदानमा हराउँन नेपाललाई सहज भने हुने छैन ।
खेल ओमानको अल अमरेट क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुने छ ।
सिरिज अन्तर्गत नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल सोमबार आयरल्यान्डसँग खेल्नेछ ।
