ए डिभिजन लिगः दशौं चरणका खेलहरु सुरु, आज दुई खेल हुँदै

ए डिभिजन लिगः दशौं चरणका खेलहरु सुरु, आज दुई खेल हुँदै


  • 7.7K
    SHARES
    • माघ २८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    ए डिभिजन लिगः दशौं चरणका खेलहरु सुरु, आज दुई खेल हुँदै

    काठमाडौं, २८ माघ । शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजबाट दशौं चरणका खेलहरु सुरु हुँदै छन् ।

    images


    आज शुक्रबार दुई खेल हुने छन् । जुन दुबै खेल  दशरथ रंगशालमा हुने छन् ।

    आजको पहिलो खेल दिउँसो एक बजे  फ्रेन्ड्स क्लब र बिग्रेड ब्वाइज क्लब (बिबिसी)बीच हुने छ । लिगको पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई रेलिगेसनबाट जोगिन आजको खेल जित्नै पर्ने दबाब छ । 

    यता नौ खेलमा छ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको बिबिसी फ्रेन्ड्स क्लब विरुद्ध जित निकाल्दै माथि उक्लने दाउमा रहने छ । 

    त्यस्तै आज हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र  त्रिभुवन आर्मी भिड्ने छन् । यी दुई टोलीबीचको खेल दिउँसो चार पैँतालीस बजेबाट सुरु हुने छ । 

    हालसम्म अपराजित रहेको आर्मी आजको खेलमा जित हाँसिल गर्दै तालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यमा रहँने छ ।  आर्मी  र मछिन्द्र क्लब जारी लिगमा अपाराजित टोली हुन् । 

    यता नौं खेलमा आठ अंक जोडेर तालिकाको दशौं स्थानमा रहेको जावलाखेल आर्मी विरुद्ध जित निकाल्दै टेबलमा माथी उक्लने दाउमा रहने छ । आर्मी १७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । 
     

     


    तेस्रो आँखा