काठमाडौं, २८ माघ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौं चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लब(बिबिसी) माथि सानदार जित निकालेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबले बिबिसीलार्ई पाँच दुई को गोल अन्तरले पराजित गरको हो । जारी लिगमा फ्रेन्ड्को यो पहिलो जित हो ।
फ्रेन्ड्को जितमा सुसिल शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई दुई गोल गरे । श्याम बाबु केप्छ्याकीले एक गोल गरे ।
निकै रोमाञ्चक खेलमा खेलको १४ औं मिनेटमा सुशील शाह ले फ्रि–किकमार्फत बिबिसीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर खेलको २५ औं मिनेटमा ड्याडी जुनियर वाम्बाल फ्रि–किकमार्फत गोल गर्दै बिबिसीलाई एक एकको बराबरीमा फर्काए ।
खेलको २७ औं मिनेटमा फ्रेन्ड्सको लागि श्याम बाबु केप्छ्याकीले दोस्रो गोल गर्दै खेललाई दुई एकमा पुर्याए ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा जमउलले गोल गर्दै फेन्ड्सको अग्रतालाई तीन एकमा लगेर पहिलो हाफ टुंग्याए ।
७६ औं मिनेटमा जमउलले व्यक्तिगन दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई चार एकको अग्रता दिलाए ।
खेलको ७८ औं मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई पाँच एकको अग्रता दिलाए ।
खेलको ८६ औं मिनेटमा अनिलले पेनाल्टीमा गोल गर्दै बिबिसीलाई पाँच दुईको गोलअन्तर बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन् ।
त्यस्तै आज हुने दोस्रो खेलमा जावलाखेल युथक्लब र त्रिभुवन आर्मी भिड्ने छन् । यी दुई टोलीबीचको खेल दिउँसो चार पैँतालीस बजे बाट सुरु हुने छ ।
