• ट्रेण्डिङ्ग :
बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, छजना घाइते

बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, छजना घाइते


  • 3.6K
    SHARES
    • आषाढ ९, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.6K Views

    बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, छजना घाइते

    सुर्खेत, ९ असार/भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ ।  

    images

    शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिनुभयो । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो । 

    बाढीमा परी कुशे–४ तम्तीका  राजेन्द्रबहादुर  शाही,  खिमबहादुर  शाही,  पृथ्वीबहादुर  शाही, जीवन जैसी, कुशे –१ तारेचौरका  गोविन्द  रावत र दीपेन्द्रबहादुर  चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिनुभयो ।   


    तेस्रो आँखा