यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना


  • 4.9K
    SHARES
    • आषाढ ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.6K Views

    यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं  ११ असार/मंगलबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

    images

    यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि साधरणतया बदली रहने छ ।

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाले सोमबारदेखि मनसुनी वायु देशभर फैलिएको पनि जनाएको छ ।


    तेस्रो आँखा