• ट्रेण्डिङ्ग :
पुलिसलाई पराजित गर्दै सातदोबाटो पाँचौँ स्थानमा उक्लियो 

पुलिसलाई पराजित गर्दै सातदोबाटो पाँचौँ स्थानमा उक्लियो 


  • 7.7K
    SHARES
    • माघ २९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    पुलिसलाई पराजित गर्दै सातदोबाटो पाँचौँ स्थानमा उक्लियो 

    काठमाडौं, २९ माघ। विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० अन्तरले पराजित गर्दै नवप्रवेशी सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ स्थानमा उक्लिएको छ। 

    images

    लिगमा १० खेल खेलेको सातदोबाटोले चार खेलमा जित, तीन बराबर र तीन हारको नतिजा निकालेको छ। सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिवार सम्पन्न खेलमा सातदोबाटोका आकाश बुढामगरले निर्णायक गोल गरे। आकाशले १९औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सहजै पोस्टको दिशा दिएका थिए।

    लिगमा १० अंक जोडेको पुलिस तालिकाको १०औँ स्थानमा छ । पुलिसले १० खेलमध्ये दुईमा जित चारमा बराबर र चारमा हारको नतिजा आत्मसाथ गरेको छ।

    आजै दशरथ रंगशालामा भएको खेलमा लिग लिडर मछिन्द्र क्लबले तालिकाको पुछारमा रहेको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेको थियो। 
     

     


    तेस्रो आँखा