काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै 

काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै 


  • 7.6K
    SHARES
    • कार्तिक २८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै 


    नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आसन्न महाधिवेशनको तयारी तथा अन्य विविध राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताए । यसअघि हिजो पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ । ती एजेन्डा आज केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी रहेको पनि उनले बताए  । साथै आजको बैठकले निर्वाचन समितिको कार्यतालिका समेत पारित गर्नेछ । बैठकमा महाधिवेशन सफल बनाउन व्यवस्थापकीय समिति बनाउनेबारे छलफल भएको छ  । महाधिवेशन सम्पन्न गर्नका लागि विधानमा भएका केही व्यवस्थालाई निलम्बन गरिएको र त्यसको निर्णय गराउने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गरिने उनले बताए  । प्रवक्ता शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ । 

    images


    तेस्रो आँखा