सुनको मूल्य तोलामा रु एक सयले वृद्धि

सुनको मूल्य तोलामा रु एक सयले वृद्धि


  • 2.7K
    SHARES
    • आषाढ २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.2K Views

    सुनको मूल्य तोलामा रु एक सयले वृद्धि
    काठमाडौँ, २१ असार/स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक सयले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार चार सय निर्धारण भएको छ ।
     
    तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४३ हजार सात सय निर्धारण भएको छ ।
     
    चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार आठ सय ७० निर्धारण भएको छ । 


    तेस्रो आँखा