दाङ २२ असार/ राप्ती नदीमा आएको बाढीमा फसेका दुईजनाको सकुशल उद्धार गरिएको छ भने एकजना बेपत्ता छन् । दाङको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको हो ।
लमहीबाट फर्किने क्रममा बाढीमा फसेका तीन जना मध्ये दुइजना सिमलको रुखमा चढेर बाचेका छन् भने एक जनालाई बाढीले बगाएको छ । नेपाल सशस्त्र प्रहरी बल अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीको टोलीले दुई जनालाई सकुशल उद्दार गरेको हो ।
राजपुर गाउँपालिका वडा नम्बर २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्दार गरिएको हो। उनीहरू सँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
