लेदोसहितको पहिरो झरेका कारण राप्ती राजमार्ग अवरुद्ध 

लेदोसहितको पहिरो झरेका कारण राप्ती राजमार्ग अवरुद्ध 


  • 3.8K
    SHARES
    • आषाढ २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.9K Views

    लेदोसहितको पहिरो झरेका कारण राप्ती राजमार्ग अवरुद्ध 

    तुलसीपुर २२ असार/ दाङ सल्यान सडक खण्ड अन्तरगत राप्ती राजमार्ग अवरुद्ध भएको छ । कपुरकोटमा पहिरो झरेका कारण राप्ती राजमार्ग अवरुद्ध भएको हो ।

    images

    सल्यानको कपुरकोट नजिकै लेदोसहितको पहिरो झरेका कारण राजमार्ग अवरु भएको सल्यानका प्रहरीका प्रबक्ता प्रहरी निरीक्षक भवानीप्रशाद धमलाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार मध्य पहाडी लोकमार्ग अन्तरगत दाङ सडक खण्ड अन्तरगत पर्ने सिस्ने गाउँपालिका – ६ रानीकोटमा पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ ।

    त्यस्तै प्यूठानका प्रहरी प्रमुख डिएसपी इश्वर थापाले दाङको भालुवाङ –प्यूठान सडक खण्ड अन्तरगत माण्डबी गाउँपालिकाको गर्जेनीमा झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ । त्यस्तै प्यूठानदेखि दाङको बंगलाचुली सडक खण्डको ताछ्ने भिर नजिकै पनि पहिरोका कारण सडक खण्ड अवरुछ भएको डिएसपी थापाले बताए । दुबै सडक खण्ड खुलाउने प्रयास जारी रहेको डिएसपी थापाले बताए ।

    बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार राप्ती नदी लगाएतमा पानीको बाहाब ह्वात्तै बढेको हुँदा साबधानी अपनाउन सचेत तुल्याइएको छ । बर्दिया प्रहरीले पनि बबइ नदी लगाएत खोलाहरुमा पानीको बहाब बढेको जानकारी दिएको छ ।


    तेस्रो आँखा