भारतले लगायो ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध 

भारतले लगायो ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध 


  • 6.7K
    SHARES
    • फाल्गुण २, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    भारतले लगायो ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध 

    एजेन्सी, २ फागुन। देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ।

    images

    सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने  सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ।

    स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन्। 

    देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भन्दै गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिक टक, वीच्याट र हेलोमाथि प्रतिबन्ध लगाएको थियो। 

    सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिव ३०० एप्सहरुमाथि भारतमा प्रतिबन्ध लगाइएको छ। पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनाहरुसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो। 
     

  • सम्बन्धित विषय:

  • # भारत
  • # चिनियाँ एप्स

  • तेस्रो आँखा