ओलीले पनि साथ छाडेपछि ‘विचरा’ बने जबरा

ओलीले पनि साथ छाडेपछि ‘विचरा’ बने जबरा


  • 9.1K
    SHARES
    • फाल्गुण २, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    ओलीले पनि साथ छाडेपछि ‘विचरा’ बने जबरा

    काठमाडौं, २ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि छाडेका छन्।  

    images

    उनले नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ नगर्ने बताएका हुन्। सोमबार पार्टीको बैठक पछि पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफूहरुको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाइ बोक्ने मनसाय नराखेको बताए।  

    एमाले संसदीय दलको बैठकमा उनले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताए। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले  निर्वाचान सार्ने, एमसीसी पारित गर्ने र अदालतलाई गिजोल्ने मनसायले महाअभियोग प्रस्ताव आएको अध्यक्ष ओलीको भनाइ रहेको बताएका छन्।

    ओलीको भनाइ उदृत गर्दै भट्टराईले भने,‘अहिले प्रधानन्यायाधीशकाविरुद्ध महाभियोग प्रस्ताव निर्वाचनलाई सार्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने यो प्रवृतिको रुपमा आएको छ।’ ओलीले प्रधानन्यायाधीश जबराप्रति एमाले सकारात्मक भएको वा एमालेको पक्षमा काम गरेका छन् भनेर उनलाई बोकेर हिँड्नुपर्छ, जोगाउनुपर्छ भन्ने मनसाय एमालेको नभएको बताएका थिए।

    ‘उहाँको अनगिन्ती कमजोरी देखिएको छ, उहाँप्रति चार्ज लागेको छ, हिजो परमादेश गराउने नेतृत्व उहाँले नै गर्नुभएको थियो, त्यसका बाबजुद महाअभियोग प्रस्ताव जुन बेलामा आयो, जसरी आयो, जे नियतले आयो त्यसमा आशंका हो’ ओलीलाई उदृत गर्दै भट्टराईले थपे। ओलीले जवराविरुद्धमा महाअभियोग आएपछि यसलाई प्रतिवादका रुपमा संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो। ओलीले समेत  साथ नदिने भएपछि न्यायधीश जवरा “विचरा” बनेका छन् । 

  • सम्बन्धित विषय:

  • # चोलेन्द्र समशेर राणा

  • तेस्रो आँखा
    लेखकबाट थप