• ट्रेण्डिङ्ग :
सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो


  • 6.2K
    SHARES
    • आषाढ ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 9.5K Views

    सामुदायिक वनमा ७२ हजार बिरुवा रोपियो

    रुकुमपश्चिम, ३० असार । यस वर्ष जिल्लाभरका सामुदायिक वनमा ७२ हजार चार सय १८ वटा बिरुवा रोपिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा विभिन्न प्रजातिका ७२ हजार चार सय १८ बिरुवा रोपिएको हो ।

    images

    हालसम्म रोपिएका बिरुवामध्ये ४७ हजार दुई सय ५० अनुदानमा सामुदायिक वनलाई वितरण गरिएको भन्दै बाँकी २५ हजार एक सय ६८ वटा बिरुवा खरिद गरेर कार्यालय आफैँले वृक्षरोपण गरेको वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी ४३ हजार पाँच सय ५० टिमुरका बिरुवा रोपिएका छन् ।

    सामुदायिक वनलाई हराभरा बनाउने, वनबाट आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले वृक्षरोपणलाई जोड दिइएको परियारले बताउनुभयो । बिरुवा तथा अन्य सामग्री खरिदमा रु २० लाख खर्र्च भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सामुदायिक वनमा ७२

  • तेस्रो आँखा