सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो


  • 11.1K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 17.1K Views

    सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो

    काठमाडौं, ३ फागुन । सुनको भाउ मंगलबार  प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

    images

    सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा  कारोबार भएको महासंघले जनाएको छ। यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ। 

    चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। सोमबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी मंगलबार एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ।

     


    तेस्रो आँखा